Nepal Hockey Association

International Sports Complex, Satdobato, Lalitpur

P.O. Box: 2661, Kathmandu, Tel: 977-1-421011

Email: nepalhockeyassociation@gmail.com

Affiliated By:
nsc
fih-logo-png-format
nepal olympic commiti
Asian_Hockey_Federation_official_logo

प्रथम हक्की ५ ए साइड राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मीलाई

मध्यपुर ठिमीमा सम्पन्न प्रथम हक्की ५ ए साइड राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधी नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

शनिबार सम्पन्न च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिम प्रदेशलाई २-० गोलले पराजित गर्दै उपाधी जितेको हो ।

प्रथम हक्की ५ ए साइड राष्ट्रिय महिला च्याम्पियनसिप जितेको त्रिभुवन आर्मीले नगत ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता भएको सुदुरपश्चिम प्रदेशले २५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

च्याम्पियनसिपको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी सरस्वती तामाङ हुँदा उत्कृष्ट रक्षक सुदुरपश्चिमकी पुर्णिमा नेगी त्यसैगरी उत्कृष्ट गोल किपर त्रिभुवन आर्मीकी कुष्मा राना मगर हुँदा उच्च गोलकर्ता सुदुरपश्चिमकै आशिका एसके भइन भने च्याम्पियनसिपको उदयमान खेलाडीको उपाधी बागमतीकी सपना स्याङ्बोले जितेकी थिइन् ।

नेपाल हक्की संघले आयोजना गरेको ५ ए साइड हक्की च्याम्पियनसिपमा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र सेनाको त्रिभुवन आर्मी क्लब गरेर ६ टोलीको सहभागी रहेको थियोे ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धुर्ब आचार्य गरेका थिए । भने समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचीव टंकलाल घिसिङ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा र हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले उत्कृष्ट खेलाडी र च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top