Nepal Hockey Association

International Sports Complex, Satdobato, Lalitpur

P.O. Box: 2661, Kathmandu, Tel: 977-1-421011

Email: nepalhockeyassociation@gmail.com

Affiliated By:
nsc
fih-logo-png-format
nepal olympic commiti
Asian_Hockey_Federation_official_logo

जुर्मुराउँदै हक्की, एसियाली खेलकुदमा पदक जित्ने लक्ष्य

२०११ सालमा राष्ट्रिय खेलकुद परिषद सातौं संघको रूपमा दर्ता भएको नेपाल हक्की संघ वर्षौंसम्म सुस्ताए पनि केही वर्षदेखि जुर्मुराउन थालेको छ।

२०८१ भदौमा नेपाल हक्की संघको दोस्रो अधिवेशन तथा निर्वाचन भएपछि नयाँ टोलीले हक्कीको गर्विलो इतिहासलाई फेरि फर्काउने प्रयास गर्दै आफ्ना कार्ययोजनाहरू अगाडि बढाइरहेको छ।

अधिवेशनबाट अनिल शर्मा अध्यक्ष र सुवर्ण श्रेष्ठ महासचिव निर्वाचित भएका थिए। संघ आफ्नो विधानअनुसार प्रदेश, जिल्ला तथा पालिका संघहरू पनि निर्माण गर्दै अगाडि बढिरहेको छ।

504912156_1275865367875824_4634317228295504215_n-1750057758.jpg
हाल कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली गरी पाँच प्रदेश संघ तथा ४२ जिल्ला संघ गठन भइसकेका छन्। नगर संघहरू पनि गठन भइरहेका छन्।

राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य समेत रहेकी महासचिव श्रेष्ठले अन्य खेलकुदसँगै हक्कीका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू ल्याइरहेककी छन्। जसका कारण हक्कीको शाख विस्तारै फर्कँदै गएको र यसले राष्ट्रिय स्तरमा कार्यक्रम सञ्चालन गरिरहेको छ।

हक्की संघ पूर्वाधार विकासमा पनि सक्रिय छ। संघले धुलिखेलमा आफ्नै रंगशाला बनाउने कार्यलाई अगाडि बढाएको छ।

धुलिखेल नगरपालिकाले वडा नम्बर १२ मा रहेको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माणका लागि उपलब्ध गराएको छ।

बागमती प्रदेश खेलकुद विकास परिषदले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको छ। महासचिव श्रेष्ठले पहिलो चरणमा तीन करोडको बजेटमा खेल्नका लागि योग्य हुने मैदानसहितका पूर्वाधार निर्माण हुने बताएकी छन्।

खेलाडी उत्पादन र विकासमा संघले व्यापक कार्यक्रमहरू सञ्चालन गरेको छ। हाल देशभरका ३७ भन्दा बढी विद्यालयमा हक्की प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन्। कास्कीका १५ विद्यालय, काठमाडौंका १० विद्यालय, ललितपुरका ३ विद्यालय, भक्तपुरका २ विद्यालय, झापाका ५ विद्यालय र हुम्लाका २ विद्यालयमा हक्कीको कार्यक्रम सञ्चालन भइरहेको छ।

502570521_1269819985147029_2510742899343586168_n-1750056213.jpg
यी कार्यक्रमहरूबाट ७ सयभन्दा बढीले हक्की सिक्ने अवसर पाएका छन्।

संघले प्रशिक्षकको व्यवस्थादेखि खेलकुद सामग्री सहयोगसम्म गरिरहेको छ। खेलाडी उत्पादनसँगै संघले प्रशिक्षक कोर्स र अम्पायर कोर्स पनि सञ्चालन गरेको छ।

एसियन हक्की महासंघको सहयोगमा ए.एच.एफ. अफिसियल टेक्निकल कोर्स पनि धुलिखेलमा सञ्चालन गरिएको थियो। यसले हक्कीको विकासमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

राष्ट्रिय टोली निर्माणका लागि पनि संघले योजना बनाएको छ। संघले राष्ट्रिय टोली बनाएर भारतमा प्रशिक्षणका लागि पठाउने योजना बनाएको छ।

भारतीय हक्की संघले सहयोग गर्ने बताएपछि त्यहाँ अभ्यास गराएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थाल्ने महासचिव श्रेष्ठले बताइन्। विशेषगरी महिला टोलीलाई पहिला एसिया कपमा अनुभव दिलाएर एसियन गेम्समा सहभागी गराउने योजना रहेको छ।

मध्यपूर्व लगायतका देशमा महिला हक्की कमजोर भएकाले राम्रो तयारी गरे एसियन गेम्समा राम्रो प्रदर्शन गर्न सकिने उनको दाबी छ।

यसअघि १० खेलाडी, १ अम्पायर, १ प्रशिक्षक र १ अफिसियल गरी १३ जना सहभागीले डिसेम्बर १७ देखि २१, २०२४ सम्म मलेसियामा आयोजित यू–१७, एफ.आइ.एच. विश्व युवा हक्की क्याम्प र फेस्टिभलमा सहभागिता जनाएका थिए।

नयाँ कार्यसमिति आएपछि हक्की संघ चलायमान भएको छ। दुई दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन भइसकेका छन्।

यसअघि हक्कीका राष्ट्रिय प्रतियोगिता हुनै मुस्किल पर्थे। यदाकथा प्रतियोगिता हुने गरे पनि निरन्तर चल्ने प्रतियोगिता खेल्न खेलाडीलाई सम्भव थिएन। राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय खेलकुदमा खेलाडी र टोली बनाउन हम्मेहम्ने नै पर्ने गर्थ्यो। अहिले प्रतियोगिता सञ्चालन हुन थालेका छन् भने त्यसबाट राष्ट्रिय टोली बनाउने आधार बन्न थालेको महासचिव श्रेष्ठले बताइन्।

हेटौंडा नगरपालिकाको आयोजना र मकवानपुर जिल्ला हक्की संघको व्यवस्थापनमा पालिका स्तरीय हक्की प्रतियोगिता गरिएको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजित प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता पनि सम्पन्न भएको छ।

छैठौं सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता,  पोखरा महानगरपालिकाद्वारा आयोजित पालिका स्तरीय हक्की प्रतियोगिता, पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता, राष्ट्रिय महिला हक्की प्रतियोगिता, राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सम्पन्न भइसकेका छन्।

यस्तै संघले नेपाल नेसनल हस्पिटलसँग मेडिकल सुविधा सम्बन्धी सम्झौता गरेको छ भने धुलिखेल नगरपालिकाद्वारा हक्की स्टेडियम निर्माणका लागि आवश्यक जग्गा प्राप्त भएको भएको छ।

संघको आधिकारिक वेबसाइट निर्माण तथा खेलाडीहरूको अभिलेखीकरणको सुरुवात गरिएको छ।

हक्की भारतको नेपाल भ्रमणको क्रममा खेल सामग्री सहयोग प्राप्त भएको भएको  छ।

अर्को तर्फ अन्तर्राष्ट्रिय हक्की महासंघको ४९औं महासभामा नेपाल हक्की संघलाई ‘उत्कृष्ट राष्ट्रिय संघ’ अवार्ड प्रदान गरिएको थियो। यो सम्मान नोभेम्बर ९, २०२४ मा  ओमानको मस्कटमा भएको महासभामा प्राप्त भएको हो।

संघले पूर्वाधार विकास, खेलाडी तथा प्रशिक्षक प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता र संगठन विस्तारलाई उच्च प्राथमिकता दिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा प्राप्त उत्कृष्ट राष्ट्रिय संघको अवार्डले संघको प्रयासलाई थप हौसला प्रदान गरेको छ र नेपालमा हक्कीको उज्ज्वल भविष्यको संकेत गर्दछ। संघको प्रतिबद्धताले नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हक्कीको माध्यमबाट अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिन सकिन्छ। सरकारले लगानी गर्ने हो भने टिम गेममा हक्की छिट्टै माथि जाने सम्भावना छ।

502586431_1271571984971829_5578550819723798026_n-1750056256.jpg

Link
https://www.setopati.com/sports/feature/361770

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top